Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सुदुरपश्चिम अपराजित रहँदै यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

    सुदुरपश्चिम अपराजित रहँदै यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ ।

    समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ ।



    मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।



    बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।

    सुदुरपश्चिम ६ खेलमा अपराजित रहदै १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।

    बागमती भने ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार