Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हसिया प्रहार गरेर भिनाजुले गरे सालाको हत्या

    हसिया प्रहार गरेर भिनाजुले गरे सालाको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा हसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ भने अर्का गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउपालिका६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको हो ।

    हसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



    हसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।



    मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङगानाले उनीहरुमाथि हसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ । हत्या गर्नुको कारण भने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार