Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर

    कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 540
    SHARES

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ ।

    न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ ।



    ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो । तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाईमा सहभागी भएनन् ।



    फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुःखित भएको बताए ।

    कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।

    कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार