Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले भने – भ्रष्टाचार नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै छ

    प्रधानमन्त्री देउवाले भने – भ्रष्टाचार नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै छ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

    भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताए ।



    भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको पनि उनको भनाइ थियो ।

    साथै भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार