Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • तरुण दलका पूर्वमहासचिव चित्रकारलाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगे देउवा

    तरुण दलका पूर्वमहासचिव चित्रकारलाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगे देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 603
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।

    तरुणदलका पूर्व महामन्त्री चित्रकारको मंगलबार निधन भएको थियो। देउवाले उनको पार्थिव शरिरमा कांक्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।



    चित्रकारको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’



    बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।

    चित्रकारको निधनमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री गृहमन्त्री बालकृष्ण खाण लगायतका नेता कार्यकर्ता पशुपतिस्थित आर्यघाट पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार