Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे बलिउड अभिनेता विवेक

    माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे बलिउड अभिनेता विवेक

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बलिउड अभिनेता विवेक ओबरायबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीबार साँझ खुमलटारमा भेटवार्ता भएको हो ।



    प्रचण्डलाई भेट्न विवेकसँगै उनका बुवा सुरे ओबराय पनि खुमलटार पुगेका थिए । सपरिवारसहित ओबराय हिजो साँझ नेपाल घुम्न आएका थिए ।



    बुबाआमा, पत्नी र छोराछोरीसहित नेपाल आएका ओबरायले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका थिए।

    पशुपतिमा पूजाअर्चनापछि उनीहरु चन्द्रागिरि घुम्न गएका थिए । नेपाल रहँदा उनीहरुले पोखरा, लुम्बिनी लगायत ठाउँमा घुम्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार