Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘पठान’ विवादमा शाहरुखले भने- बहिष्कारले एक संकीर्ण मानसिकता देखाउँछ

    ‘पठान’ विवादमा शाहरुखले भने- बहिष्कारले एक संकीर्ण मानसिकता देखाउँछ

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 954
    SHARES

    काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ एकपटक फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रमणमा परेको छ ।

    फिल्मको गीत इन्टरनेटमा भाइरल भएसँगै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग उठ्न थालेको हो।



    दुईदिनअघि ‘पठान’ को पहिलो गीत ‘बेशर्म रंग’ रिलिज भएको थियो। गीतमा दीपिका पादुकोण र शाहरुखको रोमान्टिक केमेस्ट्री देखाइएको छ। भिडियोमा दीपिकाले ‘भगवा’ रंगको बिकिनी लगाएकी छिन्।



    फिल्म बहिष्कारको तरंग सुरु हुँदा मौन देखिएका शाहरुखले यस प्रकरणमा भने मौनता तोडेका छन् । पठान बहिष्कार गर्नुपर्छ भन्ने पक्षले मुलुकलाई विभाजित गर्न खोजेको भन्दै शाहरुखले असन्तुष्टि जनाएका छन् ।

    शाहरुखले बहिष्कारले एक संकीर्ण मानसिकता देखाउँछ, जसले व्यक्तिलाई सीमामा सीमित राखेको बताए।

    शाहरुखले भनेका छन्, ‘हामी सबै खुसी छौं र म सबैभन्दा खुसी छु कि तपाई, म र हामी जस्ता सकारात्मक सोचका मानिसहरु जीवित छन् । त्यसैले संसारले के गरिरहेको छ भन्ने फरक पर्दैन।’

    ‘मैले कतै पढेको थिएँ । नकारात्मकताले सामाजिक सञ्जालको प्रयोगलाई बढाउँछ । यसको व्यावसायिक मूल्य पनि वृद्धि हुन्छ । यस्तो खाले कथाले हामीलाई भड्काउने र विभाजन गर्ने काम गर्छन् । चाहे जेसुकै होस्, हामी सकारात्मक हुनु जरुरी छ’ उनले भने ।

    ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यस फिल्ममा शाहरुख र दीपिकाका अलावा जोन अब्राहम पनि देखिनेछन् । यो २०२३ जनवरी २५ मा रिलीज हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार