Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

    प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 855
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

    शुक्रबार उनीहरूबीच प्रधानमन्त्रीे निवास बालुवाटारमा सत्ता समीकरणबारे छलफल भएको हो। राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी हुँदा प्रधानमन्त्री देउवाले भेटवार्तालाई तीव्रता दिएका छन्।



    उनले आफ्नै नेतृत्वको सरकार गठनका लागि दलका नेताहरूसँग सम्बाद गरिरहेका छन्। संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।



    निर्वाचनमा समेत चुनावी तालमेलका गरेका लोसपा सरकारमा आउन इच्छुक रहेको भन्दै देउवाले ठाकुरसँग छलफल गरेका हुन्। यसअघि देउवाले आफू निकट नेताहरूसँग छलफल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार