Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोनाको जोखिम कायमै छ, बुस्टर डोज लगाइहाल्नू

    स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोनाको जोखिम कायमै छ, बुस्टर डोज लगाइहाल्नू

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो ।

    यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।



    उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । ‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’



    छिमेकी राष्ट्र चीन, जापान, दक्षिण कोरियालगायत राष्ट्रहरुमा कोभिडको संक्रमण पुनः देखिन सुरु भएको छ । त्यहाँ देखिएको कोभिडको सव भेरिएन्ट बिएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार