Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालेनको कडा टिप्पणी – नयाँ सांसद, नयाँ गफाडीहरू !

    बालेनको कडा टिप्पणी – नयाँ सांसद, नयाँ गफाडीहरू !

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 543
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले नयाँ सांसदहरूप्रति कडा टिप्पणी गरेका छन् ।

    गत मंसिर ४ मा जितेर संसद् छिरेका सांसदहरूलाई कवितात्मक शैलीमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।



    उनले उनले फेसबुकमा कविता शैलीमा चार लाइन लेखेका छन्, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू ।’



    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ सम्ममा प्रधानमन्त्रीका लागि सिफारिस गर्न दिएको समयसीमा सकिन केही घण्टा समय बाँकी रहँदा दलका शीर्ष नेताहरूको दौडधुप तीव्र देखिएको छ ।

    यद्यपि, शनिबार साँझसम्म कुनै पनि दलले राष्ट्रपतिले आव्ह्यान गरेअनुसार दाबी गर्ने आधार बनाउन सकेको छैन । यही बेला काठमाडौं महानगरका मेयर बालेनको यस्तो टिप्पणी आएको हो । तर उनले के प्रसंगमा यस्तो लेखेका हुन् त्यो भने खुलाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार