Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस नेता मीन विश्कर्माले भने – प्रचण्डले देशमा राजनीतिक अस्थिरता निम्त्याए

    कांग्रेस नेता मीन विश्कर्माले भने – प्रचण्डले देशमा राजनीतिक अस्थिरता निम्त्याए

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अस्थिरता निम्त्याएको आरोप समेत लगाए।



    उनले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’



    प्रधानमन्त्रीको दाबी पर्दैनमा भड्किएर जान नहुने उनको भनाइ छ । यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुगेको बताए ।

    उनले सरकार गठन भएपछि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार