Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

    कांग्रेस वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 471
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।

    नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन ।



    बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।



    बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

    ३७ सांसद रहेको कांग्रेसको दलको नेता छान्न बुधबार हेटौंडामा निर्वाचन भएको थियो  । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार