Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ३३ महिनापछि चीनले खोल्यो अन्तर्राष्ट्रिय सीमा

    ३३ महिनापछि चीनले खोल्यो अन्तर्राष्ट्रिय सीमा

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 669
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनले कोरोना भाइरसको संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरको सीमा ३३ महिनापछि खुला गरेको हो ।

    अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन ।



    तर, उनीहरूले ४८ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्ने छ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौं चिनियाँहरू समेत घर फर्कन पाएका थिएनन् ।



    हङकङकबाट मात्रै ४ लाख बढी चिनियाँहरू तत्कालै मुख्य भूमि फर्कने तयारीमा रहेका छन् । शून्य कोभिड नीति लिएको चीनमा जनस्तरमा आक्रोश बढेर प्रदर्शन हुन थालेपछि सरकार कोभिड नीतिमा पुनर्विचार गर्न बाध्य भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार