Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सशस्त्रको हिमाली सामान खरिदमा आईजीपी अर्यालकै स्वार्थ, ठेकेदारसँग यसरी हुँदैछ सेटिङ

    सशस्त्रको हिमाली सामान खरिदमा आईजीपी अर्यालकै स्वार्थ, ठेकेदारसँग यसरी हुँदैछ सेटिङ

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले पद तथा गोपनियताको शपथ लिए लगत्तै गृहमन्त्रालयमा आयोजित कार्यक्रममा भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीति अपनाउने बताएका थिए । तर, उनी मातहतकै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने बद्नाम ठेकेदारहरुका कारण संगठनकै बद्नाम हुँदै आएको छ ।

    ठेक्कामा कार्टेलिङ गर्नेदेखि स्पेकसमेत आफूखुसी बनाई अन्य ठेकेदारलाई बञ्चित गराएर टेण्डर हत्याउने गिरोह अझै हावी छ । राजमान मिश्र, ज्ञानेन्द्र बस्नेत, दिपक भट्ट, श्रवण अग्रवाल र मिलन मल्ल जस्ता ठेकेदारहरुका कारण सुरक्षा निकायकै बद्नाम हुँदै आइरहेको छ । मिश्र, भट्ट र बस्नेतले त नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वर्षौंदेखि कब्जा जमाउँदै आइरहेका छन् ।



    जाडो महिना सकिनै लाग्दा मिश्र र मल्ल सशस्त्र प्रहरीमा जाडोको सामान खरिदको ठेक्का हत्याउन लागि परेका छन् । सशस्त्र प्रहरी बलले हिमाली जिल्लामा कार्यरत जनशक्तिका लागि आवश्यक सामान खरिद गर्न टेण्डरको तयारी थालेको छ । जाडो महिना सकिनै लाग्दा झण्डै १८ करोड रुपैयाँ बराबरको जाडोका सामान खरिदका लागि हुन लागेको टेण्डरमा ठूलो आर्थिक चलखेल भएको छ । यो ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी कमसल सामान खरिद गरेर ५ करोड भन्दा बढी भ्रष्टाचार गर्न लागिएको समेत स्रोतको दावी छ ।



    ठेकेदार श्रवण अग्रवाललाई ठेक्का दिलाउन प्रशासन तथा मानवस्रोत विभागका एआइजी नारायणदत्त पौडेल र प्रबन्ध महाशाखाका प्रमुख एसएसपी दीपेन्द्र कुँवर लागि परेका छन् । अर्का ठेकेदार मिलन मल्ललाई टेण्डर दिलाउन भने स्वयं सशस्त्रका आईजीपी राजु अर्याल नै लागि परेको स्रोत बताउँछ ।

    जाडोका लागि खरिद गरिन लागिएका ती सामान टेण्डर सूचना निकालेर आपूर्ति गर्दासम्म गर्मी लागिसक्ने अवस्था छ । सामान खरिदका लागि आईजीपी अर्यालको निर्देशनमा प्रशासन तथा मानवस्रोत विभागका एआइजी पौडेल र प्रबन्ध महाशाखाका प्रमुख एसएसपी कुँवरले ठेकेदारसँग चलखेल गर्न थालेका हुन् ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाका ज्वाइँ नाता पर्ने दीपेन्द्र कुँवरले ठेकेदार मिलाउने जिम्मा लिएको समेत स्रोतको दावी छ । क्षमतामा कमजोर मानिने कुँवरलाई धेरै बरिष्ठ एसपी हुँदाहुँदै भानुकै दबाबमा ब्याचै उछिनेर एसएसपीमा बढुवा गरिएको थियो ।

    कुँवरले ठेकेदार अग्रवाल भन्दा पनि मिलन मल्लसँग बढी हिमचिम बढाएका छन् । मल्ल सशस्त्रका आइजीपी राजु अर्यालको निवासमा बारम्मबार जाने आउने गर्दछन् । उनी अर्यालसँग आफ्नो राम्रो सम्बन्ध भएको दावी गर्दै टेण्डर हत्याउन लागिपरेका हुन् । यो ठेक्कामा एसएसपी कुँवरले अग्रवाल र मल्लसँग पटक–पटक मिटिङ बसिसकेको बताइएको छ ।

    त्यस्तै नेपाल प्रहरीमा ठेक्का हत्याउँदै आएका अर्का ठेकेदार राजमान मिश्रले पनि मल्ललाई काम दिलाउन छुट्टै ढंगले सेटिङ गरिरहेका छन् । मिश्र उनै व्यक्ति हुन्, जसले कोषराज वन्तलाई आईजीपी बनाउन ठूलो लगानी गरेका थिए । मिश्रले वन्तको पालामा सबै ठेक्कापट्टामा मल्ललाई पनि साथ लिएर काम गरेका थिए ।

    एआइजी नारायणदत्त पौडेल र प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले भने श्रवण अग्रवाललाई हिमाली सामानको ठेक्का दिलाउन कसरत गरिरहे पनि मिश्रले मल्ललाई काम दिलाएर कमिसन हात पार्न लागि परेका छन् ।

    सशस्त्रको खरिद घोटालामा परि चार पूर्वआइजीपीहरु सनत बस्नेत, बासुदेव ओली, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तले भ्रष्टाचार मुद्दा खेपेका थिए । अहिले अर्याल पनि मल्ल, अग्रवाल र मिश्र जस्ता बद्नाम ठेकेदारहरुका कारण अख्तियारको फन्दामा नपर्लान भन्न सकिन्न । जवकी राजमान मिश्र र ज्ञानेन्द्र बस्नेतलाई कोटेशनका आधारमा ठेक्का दिलाउँदा नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र प्रवन्धका डिआईजी दिपक थापामाथि पनि अख्तियारले डण्डा वर्षाउने अवस्था देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार