Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हवाई दुर्घटनामा मृत्यु भएका परिवारले कति पाउँछन् बीमा वापतको रकम ?

    हवाई दुर्घटनामा मृत्यु भएका परिवारले कति पाउँछन् बीमा वापतको रकम ?

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 726
    SHARES

    काठमाडौं । जहाज दुर्घटनामा मृत्यु भएका परिवारले प्रति मृतक २० हजार अमेरिकी डलर पाउने छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था रहेको छ ।



    आइतबारको विदेशी विनियम दरअनुसार एक अमेरिकी डलरको सटही दर १२९.८३ रुपियाँ रहेकाले प्रतिमृतकका परिवारले करिब २५ लाख ९४ हजार रुपियाँ पाउने छन् ।



    त्यसैगरी चालकदलका सदस्यहरूले बिमाबापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । दुर्घटनाग्रस्त विमानको बिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमार्फत रहेको छ ।

    जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार