Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदुत पोलिटको भेटवार्ता

    प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदुत पोलिटको भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



    राजदूत निकोलाले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए। भेटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको बताइएको छ।



    प्रधानमन्त्री भएपछि भारत,चीन,अमेरिका,जर्मनका राजदूतहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार