Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सभामुखका उम्मेदवार घिमिरेको प्रस्तावक सुवास नेम्वाङ र हितराज पाण्डे समर्थक

    सभामुखका उम्मेदवार घिमिरेको प्रस्तावक सुवास नेम्वाङ र हितराज पाण्डे समर्थक

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् ।

    बुधबार १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दिनेछन् ।



    नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको मनोनयन पत्र पनि तयार भइसकेको छ।



    घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे बसेका छन् ।

    सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ ।

    सभामुखका लागि घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार घिमिरेको नाम ‘फाइनल’ भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार