Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने सरकारको निर्णय

    देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ ।

    बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्‌को बैठकले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरहरुबारे अध्ययन गरेर क्रसर उद्योगहरु खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद्‌ बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद्को बैठकमा क्रसर उद्योगहरुबारे छलफल भएको र अध्ययन गरेर निष्कर्षमा पुग्ने निर्णय भएको जानकारी दिए ।



    केही दिन अघि गृह मन्त्रालयले एक सूचना जारी गर्दै अवैध रुपमा सञ्चालित क्रसरहरु बन्द गर्ने निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार