Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली भन्छन् – लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्छौं

    प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली भन्छन् – लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्छौं

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 1.2K
    SHARES

    विराटनगर । प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले चूनौतीका रूपमा रहेको लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

    प्रदेश प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले यस्तो बताएका हुन् । उनले लागूऔषध नियन्त्रण प्रदेश प्रहरीको प्रमुख प्राथमिकतामा रहने बताए ।



    कार्ययोजना बनाएर प्रदेश १ मा लागूऔषधको गतिविधि नियन्त्रण गर्ने तयारी रहेको उनले भनाई छ । उनले प्रदेश प्रहरीका प्रहरी उपरीक्षक भीम दाहाललाई लागूऔषध नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना निमार्णको जिम्मा दिइएको जानकारी दिए ।



    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सरुवा भई आएका डिआईजी ज्ञवालीले बुधबारदेखि प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार