Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रसुवागढी नाका माघ २० गतेसम्‍मका लागि बन्द

    रसुवागढी नाका माघ २० गतेसम्‍मका लागि बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्‍मका लागि बन्द भएको छ ।

    रसुवा भन्सार कार्यालयका अनुसार चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको हो ।



    रसुवा भन्सार कार्यालयका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । नेपालबाट अहिलेसम्म करिब रु छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।



    चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ। रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो ।

    कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा भने उल्लेख्य सुधार देखिँदैन । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार