Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ मा मन्त्रीहरुको कार्यविभाजन, कसलाई कुन मन्त्रालय ?

    प्रदेश १ मा मन्त्रीहरुको कार्यविभाजन, कसलाई कुन मन्त्रालय ?

    चार मन्त्रालय खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 540
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू मन्त्रालय तोकेका छन् ।

    प्रदेशका १३ मन्त्रालयबाट ९ मन्त्रालयमा घटाएर बिनाविभागीय रहेका मन्त्रिहरूलाई कार्कीले मन्त्रालयको बागडोर जिम्मा दिएका हुन् ।



    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालयलाई घटाएर ९ बनाएपछि कार्यविभाजन गरेको हो ।



    कार्यविभाजनअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिकसहित आन्तरिक मामिला र कानुन मन्त्रालय आफूसँगै राखेका छन् ।

    एमालेले ९ मध्ये ५ मन्त्रालय आफ्नो भागमा राखेको छ ।

    अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ ।

    कसलाई कुन मन्त्रालय ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार