Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सिमामा हुने चोरी निकासी नियन्त्रण गर्न प्रदेश-१ का डीआईजी ज्ञवालीको निर्देशन

    सिमामा हुने चोरी निकासी नियन्त्रण गर्न प्रदेश-१ का डीआईजी ज्ञवालीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 780
    SHARES

    झापा । प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले सीमा क्षेत्रबाट हुने चोरी निकासी र पैठारी नियन्त्रण एमव सीमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मातहतका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

    हालै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएका डीआईजी ज्ञवालीले सोमबार पूर्वी नाका काँकडभिट्टाको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् ।



    डीआईजी ज्ञवाली भारतीय एसएसबीका कमान्डरसँग पनि भेटघाट गरेर सीमा सुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका थिए ।



    डीआईजी ज्ञवालीसँगै प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ज्ञानकुमार महतोको उपस्थिति थियो । यस्तै डीआईजी ज्ञवालीले आजै प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् ।

    प्रहरी कार्यालयको भ्रमण पश्चात् उनले प्रहरी प्रमुख तथा कर्मचारीहरूलाई दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजाने र आआफ्नो जिम्मेवार क्षेत्रहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खट्न निर्देशनसमेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार