Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उत्तर कोरियाको राजधानी प्योङ्याङमा पाँचदिने ‘लकडाउन’

    उत्तर कोरियाको राजधानी प्योङ्याङमा पाँचदिने ‘लकडाउन’

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 663
    SHARES

    फाइल फोटो

    एजेन्सी । श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको प्योङ्याङमा पाँचदिने ‘लकडाउन’आदेश जारी गरिएको छ ।

    उत्तर कोरियाले बुधबारदेखि लागू हुने गरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । गत अगष्टमा उत्तर कोरियाले कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको थियो ।



    प्योङ्याङका बासिन्दालाई आजदेखि आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको छ । राजधानीमा फैलिएको रोगलाई कोडिभ–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ ।



    राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो ।

    राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ । हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार