Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मालपोत कार्यालयमा व्यापक अनियमितता, २ करोड १५ लाख पुँजीगत लाभकर छुट

    मालपोत कार्यालयमा व्यापक अनियमितता, २ करोड १५ लाख पुँजीगत लाभकर छुट

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 495
    SHARES

    काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् ।

    मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम उठाएका हुन् । ती कार्यालयले सो वर्ष ७५ करोड २२ लाख ४७ हजारको घरजग्गा किनबेच गर्दा २ करोड १५ लाख पुँजीगत लाभकर कम लिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।



    महालेखापरीक्षकको कार्यालयका अनुसार ललितपुर, चाबहिल र भैरहवा मालपोत कार्यालयमा ४१ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको जग्गा निसर्ग गर्दा ५ प्रतिशतका दरले पुँजीगत लाभकर असुल गर्नुपर्नेमा २ दशमलव ५ प्रतिशतका दरले मात्रै असुल गरेकाले निसर्ग रकम ७५ करोड २२ लाख ४७ हजारमा २ करोड १५ लाख पुँजीगत लाभकर घटी असुल भएको हो ।



    महालेखापरीक्षकको कार्यालयले त्यसरी घटी भएको पुुँजीगत लाभकर असुल गर्न सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिएको छ । सो कार्यमा सहभागी कर्मचारीलाई कारबाही गर्नुपर्ने देखिन्छ ।

    यसैगरी, मालपोत कार्यालय सिरहाले पनि आव २०७५÷७६ मा १४ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको ३ करोड २६ लाख ६० हजार मूल्यको जग्गा निसर्ग गरेकामा १५ लाख ८५ हजार पुँजीगत लाभकर असुल नगरेको पाइएकाले सो रकम तत्काल असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार