Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जग्गाको कीर्ते कारोबार गर्ने मालपोतका कर्मचारीसहितको गिरोह प्रहरी फन्दामा

    जग्गाको कीर्ते कारोबार गर्ने मालपोतका कर्मचारीसहितको गिरोह प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने खतरनाक गिरोहलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा विजय कुमार खड्का, बाल प्रसाद भट्ट ,पुन्य प्रसाद दाहाल काफ्ले, यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाललगायत तीन जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्।



    बेल्जियम बस्दै आएकी मिना खड्काको नाममा रहेको थानकोटको २० आना जग्गा जग्गाधनीलाई थाहै नदिई गिरोहहरुले मालपोतकै कर्मचारीको मिलेमतोमा कुमार दाहाल खत्रीलाई बिक्रि गरेका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर उक्त जग्गा पास भएको थियो ।



    मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीको मिलेमतोमा उक्त जग्गा पास भएको थियो।

    प्रहरीका अनुसार उनीहरु गत महिना पक्राउ परेका र धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए।

    यस्तो छ घटनाको विस्तृत विवरण:

    जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५/क को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको  नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा कृष्ण गोपाल श्रेष्‍ठ र  कृष्णभक्त माक श्रेष्‍ठ समेतका जाहेरवालाहरुलाई बिक्री गरी कुल रु.७२,००,०००।- (बहत्तर लाख) र सोही जग्गा कुमार दाहाल खत्रीलाई राजिनामा पास गरि दिने भनि मिति २०७६।०८।३० मा बैना बापत रु.३५,००,०००।- रकम लिई ठगी, लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको ।

    २. पक्राउ प्रतिवादीहरु (मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका मालपोतका कर्मचारीहरु ):-

    1. तत्काल  मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल  (रु.४ लाख धरौटी) । 
    2. तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी) ।  
    3. तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी) । 

    ३. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

    1. जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने बर्ष ४७ को बिजय कुमार खड्का ।
    2. जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने बाल प्रसाद भट्ट । 
    3. जिल्ला काभ्रे, पनौती नगरपालिका वडा नं. ४  स्थायी वतन भएका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डे प्रसाद काफ्ले  ।
    4. जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६  स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले ।
    5. जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ बस्ने बालकृष्ण बुढाथोकी ।
    6. जिल्ला सिन्धुपाल्चोक, ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी ।
    7. जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
    8. जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
    9. जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने  नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

     

    १. घट्नाको संक्षिप्त बिवरण:-

    जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५/क को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई जग्गा धनी मिना खड्काको रुपमा लक्ष्मी घतानीलाई खडा गरी मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको  नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा  जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने कृष्ण गोपाल श्रेष्‍ठ, रत्न केशरी म्हका श्रेष्‍ठ, कृष्णभक्त माक श्रेष्‍ठ, बिजय लक्ष्मी श्रेष्‍ठलाई बिक्री गरी कुल रु.७२,००,०००।- (बहत्तर लाख) ठगी गरेको, नागरिकता र  जग्गाधनी प्रमाणपूर्जा नक्कली बनाई  लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको ।

    साथै सोही जग्गा जिल्ला काभ्रे धुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई प्रति आना रु.१०,५०,०००।- मूल्यांकनमा राजिनामा पास गरि दिने भनि कुमार दाहाल खत्रीबाट मिति २०७६।०८।३० मा बैना बापत रु.३५,००,०००।- रकम लिई ठगी गरेको  भन्ने जाहेरी दरखास्त ।

    २. जाहेरवालाहरु  (१,२,३,४ जग्गा खरिद गर्नेहरु र ५ वास्तविक जग्गाधनी) 

    1. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने सुर्यलाल श्रेष्ठको छोरा कृष्ण गोपाल श्रेष्‍ठ । 
    2. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने सुर्यलाल श्रेष्ठको बुहारी कृष्ण गोपाल श्रेष्‍ठको श्रीमति रत्न केशरी म्हका श्रेष्‍ठ  
    3. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने कृष्ण माक श्रेष्‍ठको छोरा कृष्णभक्त माक श्रेष्‍ठ ।  
    4. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने श्यामकृष्ण माक श्रेष्‍ठको पत्नी बिजय लक्ष्मी  श्रेष्‍ठ ।  
    5. जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ बस्ने मीना खड्का ।
    6. जिल्ला काभ्रे, धुलिखेल नगरपालिका वडा नं. ७ बस्ने कुमार दाहाल खत्री ।

    ३. पक्राउ प्रतिवादीहरु (मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका मालपोतका कर्मचारीहरु ):-

    1. तत्काल  मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल  (रु.४ लाख धरौटी) । 
    2. तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी) ।  
    3. तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी) । 

    ४. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

    1. जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने तिलक बहादुर खड्काको नाति श्याम बिक्रम खड्काको छोरा बर्ष ४७ को बिजय कुमार खड्का ।
    2. जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने रामचन्द्र भट्टको नाति नन्दलाल भट्टको छोरा बिष्णु भट्ट र केशव भट्ट भन्ने बाल प्रसाद भट्ट । 
    3. जिल्ला काभ्रे, पनौती स्थायी वतन भएका रामचन्द्र पुडासैनी/राम बहादुर खड्का भन्ने पुण्य प्रसाद काफ्ले  ।
    4. जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६  स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने मान बहादुर घलेको नाति भक्त बहादुर घलेको छोरा बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले ।
    5. जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठमी न.पा. लोकन्थली बस्ने बालकृष्ण बुढाथोकी 
    6. जिल्ला दोलखा, भुसाफेदा गा.वि.स.वडा नं. ५ जन्मस्थान, जिल्ला सिन्धुपाल्चोक , ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने जय बहादुर बि.क.को छोरी रत्न परियारको श्रीमति बर्ष ४२ को मिना खड्का भई खडा हुने लक्ष्मी घतानी ।
    7. जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
    8. जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
    9. जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने  नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

    ५. प्रतिवादीहरुको कसूरमा भुमिका

    1. रामचन्द्र पुडासैनी/राम बहादुर खड्का र पदम काफ्ले भन्ने पुण्य प्रसाद काफ्ले (मुख्य योजनाकार / जग्गा बिक्री गर्न परिपञ्च मिलाउने/ जाहेरवालाहरुलाई जग्गा देखाई खरिदको लागि तयार गर्ने )
    2. ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले ( राजिनामा पास गर्दा जग्गाधनीको दाजु ईन्द्र  बहादुर खत्री हुँ भनि सनाखत गर्ने)
    3. बिष्णु /केशव भन्ने बाल प्रसाद भट्ट (मुख्य योजनाकार / जग्गा बिक्री गर्न परिपञ्च मिलाउने/नक्कली कागजातहरु बनाउने/ रकमको पँजनी (बाँडफाँड) गर्ने )
    4. बिजय कुमार खड्का (मिना खड्काको नागरकता र जग्गाधनी प्रमाण पूर्जाको फोटोकपी उपलब्ध गराउने/ मिना खड्काको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाउन कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने) 
    5. बालकृष्ण बुढाथोकी (जग्गा बिक्रीबाट आएको रकम अशोक माझिको नामबाट निकाली लिने, जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा गार्ड ( निग्रानी) गर्ने ) 
    6. लक्ष्मी घतानी (मिना खड्का भई खडा भएर जग्गा राजिनामा गर्ने, जग्गा बिक्रीबाट प्राप्त रकम मिना खड्काकै नाममा मुक्तिनाथ बिकास बैंक लि.मा खोलिएको खाताबाट निकाली लिने ) ।
    7. बिजय प्रकाश सुनुवार ( लक्ष्मी घतानीलाई ल्याई मिना खड्काको रुपमा खडा गराउने, जग्गाधनीको अभिनय गर्न सिकाउने 
    8. कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी (कृष्ण बहादुर कटुवालसंग मिलेर किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपूर्जा बनाउने)
    9. कृष्ण बहादुर कटुवाल ( किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपूर्जा तयार गरेर कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने)

     

    ६. पक्राउ हुन बाँकी प्रतिवादीहरु ;-

    1. मालपोत कार्यालय कलङकीमा लेखापढीको काम गर्ने स्वीकृति पाएका  राजाराम थापा (लेखापढी ब्यवशायी)। 

     

    ७. पक्राउ प्रतिवादीहरुको आपराधिक अभिलेख :-

    • रामचन्द्र पुडासैनी/राम बहादुर खड्का र पदम काफ्ले भन्ने पुण्य प्रसाद काफ्ले यस अघि लिला सिटौलाको जाहेरीले जिल्ला ललितपुरबाट मिति २०६८।०३।२८ मा चलेको ठगी मुद्दा र निजै उपर सुवास चन्द्र रिजालको जाहेरीले काठमाण्डौबाट मिति २०७१।०४।३० मा चलेको ठगी मुद्दामा पक्राउ परेको ।
    • ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले २०६९ ।०१।१७ मा कपन ओम हस्पीटल छेउको जग्गा किर्ते गरेको सम्बन्धमा प्रहरी प्रतिवेदन जाहेरीले बौद्धबाट  मुद्धा चलेकोमा ३५ हजार धरौटी २ बर्ष कैद फैसला भई जेल बसेर छुटेको ।
    • बिष्णु /केशव भन्ने बाल प्रसाद भट्ट यस अघि लिला सिटौलाको जाहेरीले जिल्ला ललितपुरबाट मिति २०६८।०३।२८ मा चलेको ठगी मुद्दामा पक्राउ परेको ।
    1. प्रतिवादी बिजय कुमार खड्का मिति ०६९।१२।२२ मा प्रहरी प्रतिवेदन जाहेरी परेको महानगरीय प्रहरी परिसरबाट निजलाई  पक्राउ गरी अनुसन्धान भएको  सरकारी छाप दस्तखत किर्ते मुद्दामा तत्काल रु.१,००,०००।- (एक लाख ) धरौटी राखी छुटेकोमा उक्त मुद्धा फैसला हुदा रु ५,०००।- जरिवाना र कैद हुने ठहर भएको ।

    ८. प्रतिवादीहरुले गरेको अन्य कसूर:-

    १. पुण्य प्रसाद काफ्ले, ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला चितवन, शिबनगर-४ स्थायी वतन भएकी शिब बहादुर थापाको श्रीमति दुर्गा थापाको नामको जिल्ला चितवन, रातापुर गा.वि.स. वडा नं. ४  क को कि.नं. २०९५ क्षेत्रफल २ कठ्ठा १० धुर (८४६.५८ बर्गमीटर) जग्गा दुर्गा थापाको नामको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिक्री गर्ने तयारी भईरहेको ।

    २. पुण्य प्रसाद काफ्ले, ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला सुनसरी धरान नगरपालिका  वडा नं ८ स्थायी वतन भएकी मोहन कुमार राईको छोरी रमेश राईको श्रीमति (ना.प्र.नं.१३०२५।०५६।०५७ सुनसरी) ईन्दिरा राईको नाममा रहेको जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. वडा नं. ३ क को कि.नं. १२४३ र १२४५ को क्षेत्रफल क्रमश: ०-४-०-० र ०-३-३-० को जग्गा  ईन्दिरा राईको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिजय लक्ष्मी श्रेष्ठ र रत्नकेशरी म्ह्का श्रेष्ठलाई रु.४३,५०,०००।- मा बिक्री गरेको ।

    ३ पुण्य प्रसाद काफ्ले, ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला मोरङ, मधुमल्ला गा.वि.स. वडा नं. ९ स्थायी वतन भएकी जनक माझीको छोरी रिता देवी माझीको नाममा रहेको जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. १ ख को कि.नं. १०८० को क्षेत्रफल ०-२-३-० र कि.नं. १०८९ क्षेत्रफल ०-३-१-० गरी कुल क्षेत्रफल ०-६-०-० जग्गा जग्गाधनी रिता देवी माझीको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई सोही आधारमा रत्न केशरी म्हका श्रेष्ठ र बिजय लक्ष्मी श्रेष्ठलाई मिति २०७६।०६।०७ मा रु.४९,००,०००।- रकम लिई ठगी गरेको ।

    ९. अभियुक्तहरुको अपराध कार्यबिधि

    • अभियुक्तहरु मिलेर बिगत समय बिक्री गर्ने भनि कुरा चलेका तथा तत्कालै पनि बिक्रीको चर्चामा रहेका  जग्गाहरुको बारेमा जानकारी राख्ने गरेका ।
    • त्यस्ता बिक्रीको चर्चामा रहेका जग्गाहरु मध्ये महिला जग्गाधनी भएका र टाढा बसोबास गर्ने जग्गाधनी भएका (सकेसम्म विदेश) जग्गाहरुलाई Fraud गरी बिक्रीको लागी Target बनाउने ।
    • वास्तबिक जग्गाधनीले बिक्रीको लागि भनेका (अर्‍हाएका) मानिसहरु खोजी गरी आफूहरुसंग जग्गा किन्ने मानिस रहेको वा आफैंले जग्गा लिन चाहेको भनि जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र नागरिकताको फोटोकपी प्राप्त गर्ने,
    • प्राप्त फोटोकपीमा भएको बिवरण भरी तयार गरिएको नक्कली नागरिकता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा फोटो प्रतिवादीहरु मध्येको मिल्दो जुल्दो मानिसको टाँस गर्ने वा नभएमा मिल्दो जुल्दो मानिस खोजी ल्याई निजैको फोटो टाँस गरी जग्गाधनी खडा गर्ने ।
    • जग्गाधनी खडा भैसकेपछि जग्गाधनीको आफन्त बनेर परिपञ्च मिलाउने, सनाखत गर्ने, बिश्वासमा पार्ने गरी अभियुक्तहरुले जिम्मेवारी बाँडफाँड गरी सोही अनुरुपको नक्कली नागरिकता समेत बनाई बोक्ने र परिचालित हुने । 
    • त्यसपछि जग्गा खरिद गर्ने उपयुक्त ग्राहक खोजी गरी त्यस्ता ग्राहकलाई जग्गा सस्तोमा बिक्री गर्ने बाध्यता परेको भन्ने मुखले परिपञ्च मिलाई जग्गा खरिद गर्न ज्यादै कम मूल्य सुनाई प्रलोभनमा पार्ने ।
    • सो पछि जग्गा देखाई बैना बापत भनि नगदै रकम लिई ठगी गर्ने र जग्गा राजिनामा पारित गराई जग्गाको कुल मूल्य बापतको रकम लिई पुन: ठगी गर्ने,
    • सकेसम्म जग्गा डोर मार्फत पारित गर्नु पर्ने बाध्यता देखाई जग्गा डोर मार्फत पारित गराउने ।
    • जग्गा बिक्रीबाट आएको रकम नक्कली (काल्पनिक) नागरिकताको आधारमा बैंकमा खोलिएको खातामा जम्मा गराई सोही खाताबाट भुक्तानी लिई बाँडफाँड गर्ने ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार