Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

    मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा घुस लिएको आरोपमा पक्रा परेका छन् ।

    जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको हो ।



    उनले सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोप छ । जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



    अख्तियारले पक्राउ परेको स्थलमा मुचुल्का उठाएको छ । थप विषयमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार