Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मालपोतको सरुवा रोक्न सुब्बाको धर्ना, सामान्य प्रशासन मन्त्रालयका हाकिमलाई तनाव

    मालपोतको सरुवा रोक्न सुब्बाको धर्ना, सामान्य प्रशासन मन्त्रालयका हाकिमलाई तनाव

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौैं । मालपोत, यातायात र बैदेशिक रोजगार विभाग जस्ता जनसम्पर्क हुने कार्यालयमा कार्यरत कर्मचारीहरुको हकमा आवधिक सरुवा लागू हुन सकेको छैन । अतिरिक्त कमाइ हुने यी कार्यालयका कर्मचारीहरुलाई निजामती सेवा ऐन नियम अनुसार २ बर्षमा सरुवा गर्न खोजे पनि कार्यान्वयन गर्नै संघीय मामिला मन्त्रालयलाई समस्या पर्दैआएको छ ।
    सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेका अधिकारीहरुलाई ट्रेड युनियनमार्फत् दबाब दिएर कार्यरत कार्यालयमै थमौती हुन चाहनेको संख्या बढी छ । मालपोत कार्यालय ललितपुरका नायबसुब्बा माधव डाँगी तिनैमध्येका एक हुन् ।

    ३ बर्षभन्दा बढी समयदेखि ललितपुर मालपोत मालपोत कार्यालयमा कार्यरत डाँगी अहिले सरुवा रोक्न ट्रेड युनियन नेताहरुलाई लिएर दैनिक सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिवकोमा धाइरहेका छन् । स्रोतका अनुसार उनको सरुवा भएको ३ महिना भन्दा बढी भइसके पनि उनी रमाना नबुझी सरुवा बदर गराउन नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनका नेता राजेन्द्र बुढाथोकीलाई लिएर पटक पटक दबाब दिन पुगिसकेका छन् ।



    त्यसका अलावा एमालेनिकट निजामती कर्मचारी संगठन र नेकपा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका नेतासमेत लिएर उनी सामान्य प्रशासनमा दबाब दिन पुगिसकेका छन् । सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका कर्मचारीहरु नासु डाँगीले ३ बर्ष भन्दा बढी समयदेखि मालपोतमा काम गरिसकेपछि पनि फेरि त्यहीँ थमौती हुन दैनिक धर्ना दिन थालेपछि आजित भएका छन् । तीन महिनादेखि रमाना नबुझी बसेका उनी ललितपुर मालपोत कार्यालयमा लाभकर छलीदेखि विभिन्न काण्डमा मुछिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार