Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री नुल्याण्ड

    आज उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री नुल्याण्ड

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छिन् ।

    नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं ओर्लिएकी थिइन् ।



    उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन ।



    यस्तै उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार