Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सेभन थ्री स्पोर्ट्सद्वारा क्यानसँग नेपाल टी-२० लिगको सम्झौता रद्द

    सेभन थ्री स्पोर्ट्सद्वारा क्यानसँग नेपाल टी-२० लिगको सम्झौता रद्द

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान)सँगको रद्ध गरेको छ ।

    प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै सम्झौता रद्ध गरेको पत्र क्यानलाई पठाएको हो ।



    गत ९-२७ पुसमा काठमाडौंमा आयोजना भएको नेपाल टी-२० लिग तीव्र विवादित बनेको थियो । नेपाल प्रहरीले गरेको अनुसन्धानमा नेपाल टी-२० लिगमा सेभेन थ्री स्पोर्ट्सकै संलग्नतामा स्पट फिक्सिङ भएको पाइएको थियो ।



    नेपाल टी-२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ । क्यानले नेपाल टी-२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो ।

    भारतीय कम्पनीले क्यानलाई ८ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौतामा उल्लेख छ भने पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिने भनिएको छ । तर, अहिलेसम्म कम्पनीले लाइसेन्स शुल्कबापत १ करोड २० लाख रूपैयाँमात्र दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार