Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भीम रावलले भने – रविलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ

    भीम रावलले भने – रविलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 669
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् ।

    रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।



    रावलले अहिलेको सरकारमा विपरीत सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरू एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताए ।



    उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त विपरीत अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे ।

    रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको टिप्पणी गरे । उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए ।

    नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे । रावलले विपरीत सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहीँ पनि नदेखिएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार