Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री रावल, नाउपाको अडान कायमै

    आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री रावल, नाउपाको अडान कायमै

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिने भएका छन् ।

    जसका लागि बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन हो ।



    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए । बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।



    हिजो तोकिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको छ। नाउपा बुधबार रातिमसम्म पनि आफ्नो अडानमा कायमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार