Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको छ । साथै दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।



    सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ ।

    विश्वासको मत जुटाउन सकस परिरहेका बेला उनी सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई भेट्न हाल संघीय राजधानी काठमाडौंमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार