Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुझाए राजीनामा

    विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुझाए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 696
    SHARES

    धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।

    रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद पद मुक्त भएका छन् । उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए।



    मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि उनले अन्तिम दिनमा बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन्।



    सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार