Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पूर्वप्रधानसेनापति कटवालको स्वास्थ्य अवस्था सुधार

    पूर्वप्रधानसेनापति कटवालको स्वास्थ्य अवस्था सुधार

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालको स्वास्थ्यमा सुधार देखिएको छ ।

    १० दिनदेखि आईसीयुमा रहेका कटवालको स्वास्थ्यमा सुधार आएसँगै आईसीयुबाट जनरलवार्डमा सारिएको हो ।



    उनी स्वास्थ्यमा समस्या आएपछि गत माघ १७ गते सैनिक अस्पताल छाउनीमा भर्ना भएका थिए ।



    हाल कटवाललाई आईसीयुबाट भीआईपी वार्डमा राखेर उपचार भइरहेको बताइएको छ ।

    दुवै मिर्गौला ‘फेल’ भएपछि पूर्वप्रधानसेनापति कटवालले नियमित डाइलाइसिस गराउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार