Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • खाना पकाउने ग्यास पड्किँदा दुई जना घाइते

    खाना पकाउने ग्यास पड्किँदा दुई जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 984
    SHARES

    दाङ। खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर-१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।



    बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।



    घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार