Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

    आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले आजबाट सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान प्रतिबन्ध लगाएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

    आ.व २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र सुरुवात सिंहदरबारभित्रबाट गर्ने घोषणा गरेको थियो । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।



    बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयको आदेश छ ।



    सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब सिंहदरबारभित्र विद्युतीय चुलो प्रयोग गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार