Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ग्यासमा आगलागी हुँदा चार घाइते

    ग्यासमा आगलागी हुँदा चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.6K
    SHARES

    धनगढी। कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् ।

    आज दिउँसो ग्यास जडान गर्ने क्रममा भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उनकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए ।



    घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईको अवस्था समान्य छ ।



    घटनामा घाइते हुनेलाई टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    यस बिषयमा थप अनुसन्धान भइरहेको बिष्टले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार