Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘सिलिण्डर बम’ को त्रासमा उपत्यकाबासी

    ‘सिलिण्डर बम’ को त्रासमा उपत्यकाबासी

    जनक सिंह धामी
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको बुद्धनगरमा बुधबार बेलुका खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ भने सांसद भण्डारी घाइते छन् । भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि भारत लगिएको छ । उनको शरिरको ३० प्रतिशत भाग जलेको बताइएको छ । सांसद भण्डारीकी आमाको विहिबार विहान किर्तिपुरस्थित वर्न सेन्टरमा निधन भएको हो ।

    बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।



    काठमाडौंमा सांसदको घरमा खाना पाकाउने ग्यास विस्फोट भएको घटना सेलाउन नपाउदैं दाङमा सोही प्रकृतिको अर्को घटना दोहोरिएको छ । दाङमा विहिबार विहान खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।



    यो घटना सेलाउन नपाउदैं दाङको तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

    बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

    पछिल्लो समय खाना पकाउने ग्यासको सिलिण्डर बिष्फोट हुने घटना बढ्न थालेका छन् । एकातिर उपभोक्ताहरु ग्यास सिलिण्डरको म्याद समाप्त हुने मितिबारे राम्रोसँग जानकार नहुनु र अर्कोतिर उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिण्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिण्डर बम’ ले असुरक्षा बढाएको छ ।

    असुरक्षित सिलिण्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने त्यस्तालाई नियन्त्रण गर्न सरकार पनि उदाशीन छ । उद्योगीहरु भने गल्ति सच्याउन र उपभोक्तालाई सचेत गराउनुको साटो आफ्नो गल्ती लुकाउनमै व्यस्त छ ।

    ग्यास अति नै संवेदनशील वस्तु भएकाले यसको गुणस्तर, उत्पादन र प्रयोग सुरक्षित बनाउनु आवश्यक छ । सरकारको उदाशीनताका कारण प्रत्येक भान्साहरुमा ‘सिलिण्डर बम’ राखेर नेपाली नागरिकहरु बसेका छन् ।

    अझ उपत्यकाको कुरा गर्ने हो भने त ‘सिलिण्डर बम’को संख्या अत्याधिक रहेको पाइन्छ । उपत्यकामा रहेका लाखौं घरहरुमा झण्डै आधा दर्जन ग्यास सिलिण्डर हुने हो भने पनि झण्डै करोडौंको संख्यामा ‘सिलिण्डर बम’ छन् । साघुरा गल्ली र त्यसमाथि पनि कच्ची घरहरुमा रहेका त्यस्ता सिलिण्डरले निम्त्याउन सक्ने खतारा हामी कल्पना पनि गर्न सक्दैनौं ।

    अधिकांश उपभोक्तालाई सिलिण्डरको म्याद कहाँ हुन्छ भन्ने बारे नै जानकारी छैन भने कतिपय सिलिण्डरहरुमा म्याद गुज्रने मितिसमेत स्पष्ट देखिदैन । जसले गर्दा भान्सामा दैनिक रुपमा प्रयोग हुने ग्यासले कतिको ज्यान लिन्छ ? यसबारे सरकार समयमै सचेत नहुने हो भने आम नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने देखिन्छ ।

    यसका लागि उपभोक्ता आफै सजग हुन जरुरी छ भने सरकारले पनि म्याद गुज्रेका सिलिण्डहरु विस्थापित गरी त्यस्ता सिलिण्डर बजारमा पठाउने काम्पनीको लाइसेन्स नै रद्द गर्न सक्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार