Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आत्मघाती आक्रमणलगत्तै पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

    आत्मघाती आक्रमणलगत्तै पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 555
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ ।

    तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो ।



    तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो ।



    विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार