Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्र बैंकले भन्यो- ‘ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू’

    राष्ट्र बैंकले भन्यो- ‘ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू’

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको छ ।

    बैंकले एक सूचना जारी गर्दै ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको हो ।



    ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ’ सूचनामा भनेको छ ।



    बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई आग्रह पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार