Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिममा ब्याजदरविरुद्ध व्यवसायीको आन्दोलन कडा, आज ‘नो डिपोजिट’

    सुदूरपश्चिममा ब्याजदरविरुद्ध व्यवसायीको आन्दोलन कडा, आज ‘नो डिपोजिट’

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 414
    SHARES

    कैलाली । बैंकले पछिल्लो समय बढाएको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगर्ने भएका छन् ।

    बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेका हुन् ।



    बैंकले ब्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै केही दिनदेखि व्यवसायी आन्दोलननमा उत्रेका छन् । उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका छन् ।



    हिजो बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनुपर्ने माग गर्दै धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म बनाएपछि व्यवसायी आन्दोलित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार