Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गभर्नर अधिकारीको दाबी – अहिले १० महिनाको आयातलाई धान्नसक्ने क्षमता छ

    गभर्नर अधिकारीको दाबी – अहिले १० महिनाको आयातलाई धान्नसक्ने क्षमता छ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल अहिले करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको दाबी गरेका छन् ।

    शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।



    साथै उनले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्नसमेत गरेका छन् । गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अंगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरे ।



    उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पारे। उनले अहिले लङ टर्म इन्भेष्टमेन्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए।

    उनले आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार