Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बैंकिङ कसुरका फरार प्रतिवादी निरञ्जन पक्राउ

    बैंकिङ कसुरका फरार प्रतिवादी निरञ्जन पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 582
    SHARES

    जाजरकोट । जाजरकोटमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    जिल्लाको कुशे गाँउपालिका वडा नम्बर ८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।



    प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।



    पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार