Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन

    सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 354
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन् ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।



    उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार