Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा, नेपाली सेनासँग वार्ता हुने

    अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा, नेपाली सेनासँग वार्ता हुने

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाबीच द्विपक्षीय ‘ल्याण्ड फोर्स टक’ हुने भएको छ । चैत १३ गतेदेखि १५ गतेसम्म दुई देशका सेनाबीच काठमाडौंमा छलफल हुने भएको हो ।

    नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुनेछ ।



    अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।



    यस्तै अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मीथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछ । सन् २०१८ देखि नियमित रुपमा अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’ हुँदै आएको छ । गतवर्ष यो कार्यक्रम अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार