Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल-चीन सचिवस्तरीय बैठक

    अप्रिल १ देखि रसुवागढी/केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति

    अप्रिल १ देखि रसुवागढी/केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चलाउन सहमत भएको छ ।

    बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल-चीन समन्वय संयन्त्रको पहिलो बैठकमा आगामी अप्रिल १ (चैत १८) देखि रसुवागढी/केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।



    रसुवागढी/केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यसैगरी तातोपानी/झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी/पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ ।



    संयन्त्रको बैठक आज बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार