Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • श्रीलंकामा स्थानीय निर्वाचन स्थगित, मतपत्र छाप्न पनि रकम अभाव

    श्रीलंकामा स्थानीय निर्वाचन स्थगित, मतपत्र छाप्न पनि रकम अभाव

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 552
    SHARES

    एजेन्सी । श्रीलंकामा स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ ।

    गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण यहि अप्रील २५ मा हुन लागेको निर्वाचन स्थगित गरिएको हो ।



    श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेका हुन् ।



    यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार