Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महालेखा परीक्षकको ६० औं प्रतिवेदन सार्वजनिक, एक वर्षको बेरूजु १ खर्ब १९ अर्ब

    महालेखा परीक्षकको ६० औं प्रतिवेदन सार्वजनिक, एक वर्षको बेरूजु १ खर्ब १९ अर्ब

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ६० औं वार्षिक प्रतिवेदन प्रकाशित गरेको गरेको छ ।

    महालेखाले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८ ७९ मा १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बेरूजु देखिएको हो ।



    नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ ।



    असुल गर्नुपर्ने बेरूजुमा हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु उल्लेख गरिएको छ ।

    महालेखा परीक्षकको कार्यालयका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरुजु देखिएको छ ।

    यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस वर्ष बेरुजु प्रतिशत १।६८ प्रतिशत देखिएको छ । अब कुल बेरुजु रकम ५ अर्ब ८७ अर्ब ३३ करोड पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार