Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राहुल गान्धीको पुनरावेदन सुरत अदालतद्धारा खारेज

    राहुल गान्धीको पुनरावेदन सुरत अदालतद्धारा खारेज

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 702
    SHARES

    एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई सुनाएको दुई वर्ष जेल सजायविरूद्ध दिएको पुनरावेदन सुरत अदालतले खारेज गरेको छ ।

    गुजरातको सुरत अदालतले बिहीबार गान्धीले दिएको पुनरावेदन खारेज गर्ने निर्णय सुनाएको हो।



    एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहितामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।



    गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

    उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

    रत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो।

    उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ। अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले उनको सांसद पद निलम्बन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार