Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यूएईले वेष्टइन्डिजसँग तीन ओडीआई शृंखला खेल्ने

    यूएईले वेष्टइन्डिजसँग तीन ओडीआई शृंखला खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 519
    SHARES

    काठमाडौं । विश्वकप छनोट तयारीस्वरुप यूएईले वेष्टइन्डिजसँग तीन खेलको ओडीआई शृंखला खेल्ने भएको छ ।

    आगामी जुन जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारीस्वरुप एसोसिएट राष्ट्र यूएईले वेष्ट इन्डिजसँग तीन शृंखला खेल्न लागेको हो ।



    शृंखला अर्को महिना यूएईको दुबईमा हुनेछ । सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने भएको हो ।



    यूएईले भने लिग टुमा शीर्ष तीनमा नपरेपछि प्लेअफ क्वालिफायर खेल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । वेष्ट इन्डिज र यूएईबीचको खेल जुन ५, ७ र ९ मा हुनेछ ।

    त्यसपछि दुवै टोली विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछन् । तीनवटै खेल शारजहा क्रिकेट स्टेडियममा हुनेछ । विश्वकप छनोट जुन १८ मा सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार